Saturday 4th April 2026

ससुुराली बोलाएर श्रीमानकाे हत्या गर्ने श्रीमति र ससुरा पक्राउ

8 years अगाडी

राजविराज, असार । श्रीमानलाई ससुराली बोलाएर हत्या गरेको अभियोगम श्रीमती र सुसरालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिका ९ मलेठकी २३ वर्षीया अञ्जना साह र उनका बाबु रामदयाललाई प्रहरीले पक्राउ गरी उनीहरुविरुद्ध प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता दायर गरेको हो ।जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलन गरी दुवैलाई सार्वजनिक गर्दै मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताएको छ ।

गत बिहीबार मलेठस्थित ससुराली आएका बेला हनुमाननगर कंकालिनी नगरपालिका १ त्रिकौल निवासी २८ वर्षीय दिपेन्द्र मण्डलको हत्या भएको थियो । प्रहरीले सोही दिन अन्जना र ५५ वर्षीय बाबु रामदयाललाई पक्राउ गरेको थियो । अञ्जना मृतक दिपेन्द्रकी कान्छी श्रीमती हुन् ।संवेदनशील अंग तथा शरीरका विभिन्न भागमा गहिरो चोटका कारण दिपेन्द्रको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । दिपेन्द्रले अत्याधिक मदिरा सेवन गरी झैझगडा गर्न थालेकाले कुटपीट गरेको र संवेदनशील अंगामा लागेकाले उनको मृत्यु हुन पुगेको बयानम अञ्जना र उनका बाबुले बताएका छन् ।

          June 17, 2018 10:46 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...