अजिंगरले आमालाई जिउँदै निलेपछि छोराहरुले यसरी निकाले
एजेन्सी। इण्डोनेसियाको दक्षिणपूर्वी सुलावेसीमा निकै आश्चर्यजनक घटना भएको छ । खेतीको कामका लागि घरबाट निस्केकी एक महिलालाई एउटा अजिंगरले जिउँदै निलेको छ । लामो समयसम्म महिला घर नफर्केपछि परिवारले उनको खोजी सुरु गरे । घटना १४ जूनको भएको बताइएको छ । अजिंगरको आक्रमणको शिकार भएकी महिलाको नाम ‘वा टिबा’ भएको बताइएको छ । उनी लामो समयसम्म घर नपुगेपछि उनका परिवार चिन्तित भए । भोलिपल्ट उज्यालो हुनासाथ खोजी सुरु गरियो । केही बेरमै टीबाको चप्पल, कोदालो र टर्च झाडीमा भेटियो । तर यसपछि जे भयो त्यो निकै डरलाग्दो थियो ।
टीबाका छोराछोरीले देखे कि त्यहाँबाट थोरै दूरीमा एउटा विशाल अजिंगर थियो जसको पेट निकै फुलेको थियो । अजिंगलरले सबैभन्दा पहिले महिलाको टाउकोमा आक्रमण गर्यो र खायो । पूरै महिलालाई निलेका कारण ऊ आफ्नो साधारण गतिमा पनि हिँड्न सकिरहेको थिएन । यस्तो देखेपछि त्यहाँ भएका सबै निकै डराए । बिहान ९ बजेसम्म त्यहाँ सयौं मानिसहरु जम्मा भए ।
त्यहाँ जम्मा भएका मानिसहरुले अजिंगरलाई मारेर उसको पेट चिरे । अजिंगरले सबैभन्दा पहिले महिलाको टाउको खाएको थियो जसका कारण उनको टाउको अजिंगरको तल्लो भागमा भेटियो । महिलाको पूरा शरीर कपडासमेत अजिंगरभित्र भेटियो । अजिंगरको लम्बाइ करिब २७ फिट भएको बताइएको छ । महिलालाई भने जीवित निकाल्न नसकिएको बताइएको छ ।
June 17, 2018 11:08 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :