अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबारदेखि वेपत्ता ४ जनाको जिवितै उद्धार
8 years अगाडी
Susma Dhakal
संखुवासभा । अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा शुक्रबारदेखि वेपत्ता ४ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार हुनेमा कालीकोट सिउना गाउँपालिका–४ का प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका-१ का प्रेम परियार तथा भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
घाइते बनेका ४ जनाको अवस्था सामान्य रहेको जनाइएको छ। उनीहरुलाई उपचारका लागि शंकुवासभाको खाँदबारी लैजाने तयारी गरिको प्रहरीले जनाएको छ। शंकुवासभास्थित नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेर ४ जना वेपत्ता भएका थिए। घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए।
June 17, 2018 12:33 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...