यस्तो छ धुलोसहित पानीको रामकहानी
काठमाडौं, ३ असार । यो साता देशका विभिन्न भागमा हिलोसहितको पानी पर्यो । जीवनकालमा कहिल्यै यस्तो नदेखेका/नभोगेका नेपालीहरुले यसलाई अनौठो माने । कतिपयले नेपालकै वातावरण प्रदुषणको कारण यस्तो भएको अनुमान गरे । सामाजिक सञ्जालका कारण मानिसका अनुमानहरुले राम्रै बजार पनि पायो ।कतिपयले त सामाजिक सञ्जालबाटै ‘मोदीले ओली खुसी पार्न नदीले बगाएको माटो र बालुवा पानीबाट फिर्ता गरेको’ भनेर व्यंग्य पनि गरे । तर, मौसदविदहरुले भने यी सबै अनुमानहरुलाई गलत भनेका छन् । उनीहरुले आकाशबाट अझै केही दिन धमिलो पानी पर्ने बताएका छन् ।
यस्तो छ कारण : भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धुलो आँधीका कणहरू नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायुको प्रभावका कारण धुलो उच्च वायुमण्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर्षा भएको महाशाखाका मौसमविद्हरुको बुझाई छ ।
मौसम पूर्वानुमान महाशाखाका अधिकारीहरु उच्च वायुमण्डलमा धुलोका कण अझै पनि रहेकाले एक/दुई दिन यस्तै वर्षा हुन सक्ने सम्भावना औंल्याउँछन् । हावाको गति पश्चिमबाट पूर्वतर्फ रहेकाले पूर्वी वायुलाई कमजोर तुल्याएको र आकाशमा अझै पनि धूलोका कणहरु रहेकोले यस्तो समस्या पूर्णरुपमा हट्न केही दिन समय लाग्ने अधिकारीहरुको दावी छ ।मौसमविद्को भाषामा हिलो वर्षालाई ‘डस्ट स्ट्रोम’ भनिन्छ । यस्तो वर्षा राजस्थान, दिल्ली हुँदै नेपाल प्रवेश गरेको पहिलो घटना हुनसक्ने मौसमविद्हरु बताउँछन् ।
धमिलो वर्षा र स्वास्थ्य : यस्तो वर्षाले स्वास्थ्यमा समेत असर गर्ने देखिन सक्ने विज्ञहरुको सुझाव छ । अन्य अवस्थामा भन्दा यस्तो अवस्थामा स्वास्थ्यलाई प्रभाव पार्न सक्ने सम्भावना बढी हुने उनीहरुको दावी छ ।यस्तो पानी संकलन गरेर कुनै पनि प्रयोजनमा प्रयोग नगर्न स्वास्थ्यविदहरुले सुझाएका छन् । यस्तो पानीमा रसायनिक तत्व हुनसक्छ र त्यसले स्वास्थ्यमा गम्भीर खतरा पुर्याउन सक्छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यस्तो पानीमा विभिन्न रोगका किटाणु समेत हुनसक्छ । उनले यस्तो पानी प्रयोग गर्दा शरीरमा एलर्जी हुने र झाडापखाला लाग्ने सम्भावना रहेको बताए ।‘बिरुवाले खाना बनाउने प्रक्रिया स्टोमेटामा विषाक्त किटाणुका कणहरु आएर बस्दा बिरुवालाई प्रभावित पार्न सक्छ,’ उनले भने, ‘यस्तो पानीको प्रयोगले बोटबिरुवाको विकासलाई पनि रोक्न सक्छ ।’
June 17, 2018 1:59 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: