

कस्तो अनौठो संस्कार: जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलै बस्नुपर्ने

एजेन्सी । हामी कहाँ कपाललाई महिलाहरुले सुन्दरताको एउटा महत्वपूर्ण मानक मान्छन् । लामो र सिल्की कपालले महिलाहरुको सुन्दरतामा चमक थप्दछ । तर यो दुनियामा यस्तो संस्कार पनि छ जहाँ बिहे अघिसम्म महिलाहरुले कपाल पाल्नै पाउँदैनन् । अर्थात्, जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलो बस्नु पर्दछ ।
दक्षिण अफ्रिका, इथियोपिया तथा सोमालियामा बस्ने बोराना आदिवासीहरुमा यो अनौठो प्रचलन रहेको छ । जस अनुसार केटीहरुले निश्चित अवधिसम्म मुडुलो बस्नु पर्दछ । राम्रो जिवनसाथी पाउनका लागि त्यहाँका युवतीहरु टाउकोमा कपाल राख्दैनन् । अभिभावकहरुले पनि आफ्ना छोरीहरुका लागि यस्तै नियम बनाइदिएका हुन्छन् । जबसम्म उनीहरुलाई जोडी मिल्ने जिवनसाथी फेला पर्दैन, तबसम्म उनीहरुले कपाल पाल्न पाउदैनन् ।
जिवनमा उत्कृष्ट जिवनसाथी प्राप्त गर्ने अभिलाषाका साथ बोराना आदिवासीका युवतीहरु यो परम्पराको हृदयदेखि नै पालना गर्दछन् । बाहिरी दुनियाबाट अलग यो आदिवासी समुदाय आफ्नै नियम कानूनमा चल्दै आएको छ । उनीहरु बाहिरी मानिसहरुको हस्तक्षेप स्विकार गर्दैनन् ।
June 19, 2018 12:51 am | टिप्स/जानकारी,रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

