

रामेछापमा ब्यवसायीद्वारा ढुवानीका ठूला गाडी बन्दको विरोधमा अर्धनग्न जुलुस

रामेछाप – बीपी राजमार्गमा मालवाहक ठूला गाडी चल्न दिनुपर्ने माग गर्दै सोमबार रामेछाप सदरमुकाम मन्थलीका ब्यवसायीले अर्धनग्न जुलुस निकालेका छन् ।
बिपी राजमार्गको सिन्धुली खुर्कोट सडकमा ठूला सवारी साधान चलाउन पाउनुपर्ने माग सुनुवाई नभएको विरोधमा उनीहरुले अर्धनग्न अवस्थामा जुलुस निकालेका हुन् ।
सरकार आफुहरुको आन्दोलन प्रति गम्भीर नभएको भन्दै सशक्त आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । सिन्धुली प्रशासनले तराईबाट आएका ठूला मालवाहक गाडी सिन्धुलीमाडीमै रोकेर राखेपछि रामेछापमा सामान ढुवानी प्रभावित भएको छ ।
रामेछापका जनतालाई ठूलो सास्ती हुँदा पनि राज्य बेखबर रहेको व्यवसायीहरुको आरोप छ । आन्दोलनपछि देवकोटा चोकमा भएको कार्यक्रममा बोल्दै रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्काले ढुवानी समस्याका कारण रामेछापका जनताले उपभोग्य सामान किन्नै नसक्ने गरी महंगिदा पनि सरकार रमिते बनेको आरोप लगाए ।
उनले माग पूरा नभएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिए । सिन्धुली जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गमा १० टन भन्दा बढी भार भएका गाडी सञ्चालन गर्न रोक लगाएपछि ७ दिनदेखि रामेछापबासी आन्दोलनमा छन् ।अनलाइनखबर
June 19, 2018 2:34 am | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

