डा. देवकाेटालाई सरकारले राजकीय सम्मानका साथ अन्तिम बिदाइ गर्ने
सरकारले सोमबार साँझ निधन भएका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले डा देवकोटालार्इ राजकीय सम्मान अर्पण गर्ने निर्णय गरेको सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् । ‘उहाँलार्इ राजकीय सम्मान दिने निर्णय भएको छ,’ मन्त्री तामाङले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै भने, ‘नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदान सदैव स्मरणीय रहनेछ, साेही याेगदानकाे सम्मानमा यस्तो निर्णय गरिएको हो।’
दिउँसो १ बजेसम्मका लागि डा. देवकाेटाकाे पार्थिव शरीरलार्इ अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमै राखिएकाे छ। डा. देवकोटाकाे पार्थिव शरीरलार्इ ढाका टोपी लगाइदिएर सर्वसाधारण एवं शुभेच्छुककाे श्रद्धान्जलीका लागि राखिएको हाे। उनकाे पार्थिव शरीरमा पुष्पगुच्छा र श्रद्धाञ्जली चढाउनेकाे अस्पताल परिसरमा भीड लागेकाे छ । डा. देवकोटाको अन्तिम दाहसंस्कार अाजै पशुपतिस्थित अार्यघाटमा विद्युतीय मेसिनबाट गरिने अस्पताल प्रशासनले जनाएकाे छ ।
June 19, 2018 11:19 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: