मिसकलबाट प्रेम, घरबाट भागिसकेपछि प्रेमीको नाम थाहा पाउँदा उड्यो प्रेमिकाको होस
फोनमा आएको एउटा मिसकलबाट सुरु भएको प्रेम यतिसम्म बढ्यो कि प्रेमी जोडी घारबाट भागे । भागेर हिँडेका उनीहरुलाई बाटोमा प्रहरीले भेट्यो । प्रहरीले उनीहरुलाई सोधपुछ गर्दा युवकले प्रेमिकालाई आफ्नी बहिनी भएको बताए । उनले बहिनीको उपचार गर्न जान लागेको भने । प्रहरीले शंका लागेर युवकको झोला चेक गर्दा झोलामा युवकको आधार कार्ड भेटियो । आधार कार्डमा युवकको नाम देखेपछि युवतीको होसहवास उड्यो ।
घटना भारतको गोरखपुरको हो । यो जोडी भागेर चेन्नइ जाने तयारीमा थियो । युवकको नाम खुलेपछि युवतीले उनीविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी छिन् । प्रेमीको नाम अमीन अल हक भएको बताइएको छ । उनले ती किशोरीलाई भने आफ्नो नाम सोनु विश्वकर्मा बताएका थिए । अमिन चेन्नइमा काम गर्छन् । उनी केही दिनअघि मात्र गाउँ आएका थिए । उनले १६ वर्षकी ती किशोरीलाई बिहेको आश्वासन दिएर चेन्नइ लैजाँदै थिए ।
किशोरीका अनुसार एक मिसकलपछि उनीहरुको फोनमा कुरा भएको थियो । त्यसपछि उनीहरु भेट्न थाले । दुईबीच शारीरिक सम्बन्ध पनि भयो । किशोरीले उनलाई सोनू नै सम्झिरहेकी थिइन् । उनले युवक आतंकवादी पनि हुन सक्ने आशंका व्यक्त गरेर बलात्कारको उजुरी दिएकी छिन् । उनले युवकको वास्तविक नाम थाहा पाउनासाथ रुन लागेको प्रहरीले बताएको छ । युवालाई जेल पठाएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । किशोरीलाई आशा ज्योति केन्द्रमा राखिएको छ ।
June 19, 2018 1:50 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :