म्याच प्रिभ्युः स्पेनलाई जित्नै पर्ने दबाब, इरान अंक खोस्ने दाउमा
एजेन्सी, ६ असार । पोर्चुगलविरुद्ध सानदार खेल प्रदर्शन गर्दै विश्वकप दाबेदारको उदाहरण दिएको स्पेन आज इरानसँग आमनेसामने गर्दैछ ।एक अंकमात्र जोडेको स्पेनका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ । त्यस्तै पहिलो खेलमा जित हात पारेको इरान ३ अंकका साथा पहिलो स्थानमा रहेको छ ।अर्को चरणमा पुग्न इरानलाई पनि यो खेलमा अंक खोस्नु उत्तिकै कठिन यात्रा हुनेछ । मोरोक्कोलाई एक गोलले पराजित गरेको इरान आज डिफेन्सिभ खेल खेल्नु पर्ने फुटबल विश्लेषकहरु बताउँछन् ।
तर, स्पेनका खेलाडीहर उच्च लयमा रहेका कारण पनि स्पेनले सहज जित निकाल्ने उनीहरुको अनुमान रहेको छ । यो खेलमा नतिजा निकाल्न नसके स्पेनको विश्वकप यात्रा लिग चरणबाटै सकिने सम्भावना बलियो हुनेछ ।त्यसकारण पनि प्रशिक्षक फर्नानण्डो हिइरो यसबारे गम्भिर रहेका छन् ।पहिलो खेलमा दुई गोल गरेका डियगो कोस्टा उच्च फर्ममा रहेका छन् ।इरानले उनलाई रोक्न निकै कठिन हुने बताइएको छ । यसकारण पनि दुवै टोली उच्च दबाबमा रहेका छन् ।
स्पेनकाे टिम
गोलकिपरः
डी गेया, रैना र केपा
डिफेन्डरः
कार्भाहाल, ओडिरियोजोला, पिके, रामोस, नाचो, एज्पेइलोकोयटा, जोर्डी अल्बा र मोन्रियल
मिडफिल्डरः
बुस्क्वेट्स, साउल, कोके, थियागो, इनियष्टा र सिल्भा
फरवार्डः
इस्को, एसेन्सियो, भास्क्वेज, आइगो आसपास, रोड्रिगो र डिएगो कोस्टा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता