Saturday 4th April 2026

राजविराजमा खोलामा डुबेर बालिकाको मृत्यु

8 years अगाडी

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका-१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ।

स्थानीय छ वर्षीया स्मृति विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ती बालिका कसरी डुबिन् भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

          June 20, 2018 10:49 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...