Wednesday 24th December 2025

रोनाल्डोले रुसमा ह्याट्रिक हान्दा पोर्चुगलमा शालिक फेरियो

8 years अगाडी

काठमाडौं,असार । रुस विश्वकप २०१८ को स्पेनविरुद्धको पहिलो खेलमा ह्याट्रिक गरेका पोर्चुगल फुटबल टीमका क्याप्टेन क्रिस्टियानो रोनाल्डोको शालिक परिवर्तन गरिएको छ पोर्चुगलको मदीरा विमानस्थलमा राखिएको रोनाल्डोको पुरानो शालिकलाई नयाँ शालिकले प्रतिस्थापन गरिएको हो । सबैलाई नयाँ शालिक पुरानोभन्दा निकै राम्रो भएको लागेकाे बताइएको छ ।

रोनाल्डोको जन्म पनि मदीरामा नै भएको थियो ।पुरानो शालिक १६ महिनाअघि सो विमानस्थलमा राखिएको थियो । स्थानीय कलाकार इम्यानुएल सान्तोसले बनाएको सो शालिकको मुस्कुराहटलाई लिएर निकै मजाक उडाइएको थियो ।

          June 20, 2018 11:12 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...