Saturday 4th April 2026

मनसुन अझै सक्रिय भएन : माैसम विभाग

8 years अगाडी

काठमाडाैं, ६ असार । पूर्वी नेपालबाट २५ जेठमा प्रवेश गरेको मनसुन देशैभर अझै सक्रिय हुन सकेको छैन । कमजोर रूपमा मनसुन नेपाल प्रवेश गरेका कारण सक्रिय हुन ढिलाइ भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार बंगालको खाडीबाट कमजोर रूपमा जलवाष्पयुक्त हावा प्रवेश गरेकाले मनसुनमा ढिलाइ भएको हो । ११ दिन बितिसक्दा पनि मनसुन पूर्वी नेपालमै केन्द्रित छ ।

अझै पश्चिम नेपालमा पश्चिमी वायुको प्रभाव रहेको पौडेलले बताए । केही दिनअघि पश्चिमी वायुको प्रभाव हुँदा काठमाडौंसहित पश्चिम नेपालका केही ठाउँमा वर्षासमेत भएको थियो । आज उपत्यकासहित पूर्वी नेपालका धेरैजसो क्षेत्रमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

          June 20, 2018 11:38 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...