विवाह गरेको सात दिनपछि श्रीमतीको वास्तविकता श्रीमानले थाहा पाएपछि
एजेन्सी। केही दिन पहिला पंजाब र हरियाणा हाइकोर्टले एक महिलालाई श्रीमानले काली–कलुटी भनेको भन्दै श्रीमानसँग सम्बन्ध विच्छेद गर्न अनुमति दिएको थियो। अदालतको यो फैसला निकै चर्चामा रह्यो। सामाजिक संजालमा त यसको चर्चा अहिलेसम्म पनि सेलाएको छैन। तर त्यसको ठिक विपरित गुजरातको अहमदाबादमा एउटा यस्तो घटना भएको छ, जहाँ श्रीमानले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न अदालतमा अपिल गरे। यद्यपी अदालतले उनलाई सम्बन्ध विच्छेद गने अनुमति दिएको छैन।
ती व्यक्तिले अदालतमा गरेको अपिलमा आफ्नी श्रीमतीले शेव गरेर दाह्री निकाल्ने गरेको आरोप लगाएका छन्। त्यतिमात्रै होइन श्रीमतीले केटामान्छेको जस्तो आवाज निकाल्ने गरेकाले आफू उनीसँग बस्न नसक्ने बताएका छन्। ती व्यक्तिले अदालतमा गरेको अपिलमा आफूले विवाह पूर्व श्रीमतीको अनुहार नदेखेको दाबी गरेका छन्। उनले परिवारले सामाजिक परम्पराको कुरा गर्दै विवाह पहिला श्रीमतीको नजिकै जान नदिएको उनले जिकिर गरेका छन्।
विवाहपछि ती व्यक्तिले श्रीमतीलाई देख्दा उनी क्लीन शेव र मेकअपमा थिइन्। विवाह भएको करिव सात दिनपछि ती व्यक्ति कामको सिलसिलमा अर्कै शहर गए। उनी केही दिनपछि अचानक घर आउँदा श्रीमतीको गालमा दाह्री देखेका थिए।
त्यसपछि करिव १५ दिनसम्म ती व्यक्तिले आफ्नी श्रीमतीको निगरानी गरे। उनले योबीचमा श्रीमतीको गालामा दाह्री बढिरहेको देखे। त्यति मात्रै होइन, उनको आवाज पनि पुरुषको जस्तै थियो। यी नै कारण देखाउँदै ती व्यक्तिले अदालतमा सम्बन्ध विच्छेद गरिपाउँ भन्दै अपिल गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। यो मामिलामा केटी पक्षले भने आफूहरुमाथि झुठो आरोप लगाएको बताएका छन्। केटी पक्षका वकिल केटापक्षले दाइजो मागेको र केटी पक्षले त्यो माग पूरा गरेको बताएका छन्।
June 20, 2018 11:44 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :