श्रीदेवीकी छोरी जान्वीले निकै कम रकममा फिल्म ‘धडक’मा काम गरेको खुलासा
बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूर फिल्म ‘धडक’ बाट बलिउडमा प्रवेश गर्दैछिन् । ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा पनि ह्वात्तै चुलिएको छ । धर्मा प्रोडक्सन र जी स्टुडियोको ब्यानरमा बनेको फिल्ममा जान्वीले एकदमै कम पारिश्रमिक लिएको खबर भारतीय मिडियामा छाएको छ ।चलचित्रको लागि उनलाई निर्माताले ३० लाख रुपैयाँ दिएको खुलासा भएको छ । यस्तै उनीसँगै बलिउडमा प्रवेश गर्न लागेका नायक इशान खट्टरलाई पनि चलचित्रको लागि एकदमै कम पारिश्रमिक दिएको खबर बाहिर आएको छ । जानकारी अनुसार इशानलाई निर्माण टिमले जम्मा ५० लाख रुपैयाँ पारिश्रमिक दिएको छ ।
चलेका बलिउडका नायकहरुको पारिश्रमिक १५ करोड रुपैयाँ भन्दा माथी छ भने नायिकाहरुको पाश्रिमिक ५ करोडभन्दा बढी नै हुने गरेको छ ।पहिलो चलचित्र भएको हिसावले पजि ईशान र जान्वीलाई निर्माताले कम पारिश्रमिक दिएको हुनसक्ने अनुमान छ । उसो त धडकले राम्रो रिभ्यु पायो भने यी दुई कलाकारहरुको पारिश्रमिकमा ह्वात्तै बृद्धि हुने कुरामा भने कसैको पनि दुईमत छैन । चलचित्रमा दुई प्रेमीको प्रेमकहानीलाई देखाइएको छ ।
June 20, 2018 12:19 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी