होटलभित्र महिला र पुरुषको हत्या कि आत्महत्या ?
8 years अगाडी
Susma Dhakal
भक्तपुर, असार । भक्तपुरको सूर्यविनायक नगरपालिका– ९ स्थित बाँसघारीमा रहेको एक होटलको कोठाभित्र महिला र पुरुष मृत फेला परेका छन् ।गारनिस होटलको कोठा नम्बर २०३ मा मंगलबार कोठा लिएर बस्न आएका ती जोडीहरु बुधबार अवेरसम्म पनि ढोका नखुलेपछि होटल संचालकले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको रोहवरमा ढोका खोली हेर्दा युवतीको शव खाडमा रगताम्मे अवस्थामा मृत फेला परेकी हुन् भने युवक बाथरुममा प्लास्टिकको बेल्टले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
मृत्यु हुनेहरुमा भक्तपुर नगरपालिका–३ का ३० वर्षीय जीवन तोयना श्रेष्ठ र भिमेश्वर नगरपालिका–८ बोच दोलखाकी २२ वर्षीया मुन्नी तामाङ मृत रहेको प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुशिलकुमार पाण्डेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
June 21, 2018 10:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...