Monday 22nd December 2025

खुसीको खबर: अशोक दर्जीलाई फिल्म खेल्ने अफर, के गर्लान् ?

8 years अगाडी

पछिल्लो केही महिनादेखी भाईरल वनिरहेका अशोक दर्जीलाई चलचित्र खेल्न अफर आएको छ । उनलाई एक निर्देशकले चलचित्रमा अभिनय गर्न अफर गरेका हुन्, यद्यपी उनको नाम खुलाईएको छैन । दर्जिले केही हप्ताअघि मात्रै गाएको गीत मन बिनाको धनले युट्युबमा करोड बढी भ्यूअर्स पाइसकेको छ ।

यो गीतको लोकप्रियतासँगै दर्जी चर्चित सेलिव्रेटी बनेका छन् । कार्यक्रममा सेल्फी खिचाउन आउनेको भीड व्यापक छ भने उनले गाएका सामान्य गीत पनि भाईरल छन् । भर्खरै मात्रै मलेसियामा स्टेज कार्यक्रम सकेर फर्किएका दर्जिले चलचित्रको अफर स्विकारिसकेका छैनन् । घरमा खान लाउन समेत धौं धौं हुने परिवारमा जन्मिएका दर्जिलाई एक युट्युवमा अन्र्तवार्ता प्रकाशन भएसंगै भाईरल भएका थिए । अव उनले अध्ययन र सांगितिक कामलाई संगसंगै अगाडि वढाउने सोचमा रहेको बताउंछन् ।

          June 21, 2018 11:11 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...