Saturday 4th April 2026

अमेरिकाद्वारा आप्रवासी नीतिमा परिवर्तन, अब परिवारसँगै बस्न पाउने

8 years अगाडी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहँदै आएका अवैध आप्रवासीलाई आफ्ना सन्तानबाट अगल नगर्ने आदेशमा हस्ताक्षर गरेका छन्। साथै उनले आप्रवासी परिवारलाई एकैसाथ बस्ने दिने पनि वचन दिएका छन्।उक्त आदेशमा भनिएको छ, ‘अब अवैध आप्रवासी परिवारलाई एकैसाथ हिरासतमा लिइने छ।’ यद्यपी आमा बुवा हिरासतमा भए बच्चामाथि गलत प्रभाव पर्ने भन्दै उनीहरुलाई भने अलत राखिएको बीसीसीले जनाएको छ।

तर आदेशमा त्यस्ता बच्चालाई आमा बुवाबाट कतिसमय अगल राख्ने भन्ने विषयमा भने केही पनि खुलाइएको छैन। र, ट्रम्पको यो आदेश कहिलेदेखि लागू हुने भन्ने विषयमा पनि केही खुलाइएको छैन। ट्रम्पले आमा बुवाबाट अलत भएका बच्चाको तस्वीर देखेर आफ्नो मन परिवर्तन भएको र त्यही कारण उनीहरुलाई परिवारबाट अलग नगर्ने नीति लिएको बताएका छन्।उनले आफूलाई पनि परिवारबाट अलग भएको देख्नु राम्रो नलाग्नेब ताएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमती मेलानिया ट्रम्प र छोरी इवाँका ट्रम्प पनि परिवारसँगै बस्ने कुराको समर्थक रहेको बताए।

यसअघि डोनाल्ड ट्रम्पले विपक्षी डेमेक्र्याटिक पार्टीका सदस्यमाथि आफ्नो काममा बाधा उत्पन्न गरेको आरोप लगाएका थिए। उनले आप्रवासीकालागि बनाइएको आफ्नो ‘जीरो टलरेन्स पोलेसी’ को बचाउ पनि गरेका थिए। ट्रम्पले भनेका थिए, ‘युरोपेली देशले लाखौं आप्रवासीलाई शरण दिएर ठूलो गल्ती गरेका छन्।’विवादित कानुनका अनुसार अमेरिकाको सीमामा अवैध तरिकाबाट प्रवेश गर्नेहरुमाथि आपराधिक मामिला दर्ता गरेर उनीहरुलाई जेलमा पठाइन्थ्यो। यस्ता आप्रवासीलाई उनीहरुका बच्चासँग भेट्न नदिइ अगल राखिन्थ्यो।

यस्ता बच्चाको रेखदेख अमेरिकाको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेज’ ले गर्छ। यसअघि विना कागजात पहिलो पटक अमेरिकी सीमामा प्रवेश गर्ने आप्रवासीलाई अदालतमा बोलाइन्थ्यो। ट्रम्प प्रशासनले अदालतमा उपस्थित हुन आदेश दिए पनि आव्रवासी अदालतमा कहिल्यै उपस्थित नभएकाले सिधै आपराधिक मामिला दर्ता गर्नु पर्ने निमय लागू गर्न परेको जनाएको थियो।

नयाँ कानुनका अनुसार पनि अवैध रुपबाट अमेरिकी सीमा भित्र प्रवेश गर्नेलाई हिरासतमा लिएर जेल पठाउने प्रावधान छ। तर, उनीहरुलाई परिवारबाट अगल भने गरिने छैन। उनीहरुलाई एकैसाथ राखिने छ।

ट्रम्प प्रशासनको आप्रवासी कानुनमाथि विवाद त्यतिबेला बढ्यो जतिबेला जंगीरले बन्द ढोकाभित्र आप्रवासीका बच्चाहरुको तस्तीव संचारमाध्यममा सार्वजनिक भयो। तस्वीर सार्वजनिक भएपछि ती बच्चालाई राख्न बनाएका केन्द्रको तुलना नाजी यातना शिविरसँग गर्न थालियो।

अमेरिकी सरकारको तथ्यांक अनुसार ५ मेदेखि ९ जुनकोबीचमा २ हजार ३४२ आप्रवासी बच्चा आफ्ना आमा बुवाबाट अगल भइसकेका छन्। मेक्सिकोका विदेशमन्त्री लुइस विदेगारा कासोले बच्चालाई उनीहरुको परिवारबाट अलग गर्नुलाई ‘क्रुर र अमानवीय’ भनेकी थिइन्। बीबीसी

          June 21, 2018 11:21 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...