कुस्मा बजारतर्फ जाँदै गरेको जिप दुर्घटना, नौ जना घाइते
फलेवास । पर्वतको कुस्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्।कुस्मा नगरपालिका–३ दुर्लुङ्गबाट कुस्माबजारतर्फ आउँदै गरेको ग १ ज ६०६५ नं. को जिप ब्रेक फेल भइ दुर्घटना भएको हो। दुर्घटनामा घाइते हुनेहरुमा सबैजसो कुस्मा नगरपालिका–३ दुर्लुङ्गका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका कुस्मा– ३ दुर्लुङ्गका ७४ वर्षीय पूर्णबहादुर दर्जीलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ। जिपका चालक दुर्लुङका ४६ वर्षीय डिलबहादुर गुरुङको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परी सामान्य घाइते भएका सोही ठाउँका २५ वर्षीय समिर पोख्रेल, २१ वर्षीय एलिसा सुनार, सोभाकान्त शर्मा, २५ वर्षीया कल्पना परियार, २२ वर्षीया अन्जु परियार, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ का २५ वर्षीया एलिजा विक र कुस्मा नगरपालिका–३ का ४० वर्षीया सुधा गुरुङ्ग जिल्ला अस्पताल पर्वतमा उपचारपछि घर फर्किएका छन्।
June 21, 2018 11:25 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: