Saturday 4th April 2026

दुई सय कर्मचारी स्वेच्छिक अवकाशको निवेदन फिर्ता लिदै

8 years अगाडी

काठमाडौँ, ७ असार : स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले निवेदन फिर्ता लिन थालेका छन् ।मन्त्रिपरिषद् बैठकबाट स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले सरकारको आग्रह पछि निवेदन फिर्ता लिन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म १९३ कर्मचारीले निवेदन फिर्ता लिइसकेका छन् । “ सरकारले कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि निवेदन फिर्ता गर्न आह्वान गरेसँगै कर्मचारीले निवदेन फिर्ता लिइरहेका हुन्। ”, उहाँले भन्नुभयो, “अहिले दैनिक १० देखि १२ कर्मचारीले निवेदन फिर्ता लिइरहेका छन् ।”

अघिल्लो सरकारले कर्मचारीलाई स्वेच्छिक अवकाश दिने निर्णय गरे पनि वर्तमान सरकारले स्वेच्छिक अवकाश मुलुकका लागि उपयुक्त नहुने भन्दै स्वेच्छिक अवकाशमा नजान सुझाब दिएकोे हो ।

उहाँले अझै एक हप्तासम्म स्वेच्छिक अवकाशका लागि निवेदन फिर्ता लिने समयसीमा रहेको बताउनुभयो ।सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि प्याकेज कार्यmक्रम ल्याएको थियो । चार सचिवसहित करीब नौ हजार ६७२ कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका थिए प्रवक्ता अधिकारीले निवेदन फिर्ता नलिएका कर्मचारीका बारेमा सरकारले पछि निर्णय गर्ने जानकारी गराउनुभयो ।

          June 21, 2018 4:28 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...