आफ्नी श्रीमतिलाई लगेको उपहार देखेर एयरपोर्टका अफिसर र त्यहा भएका ब्यक्ती कै भगाभाग
चीनको गुआंग्डोंगको एयरपोर्टमा एक जोडीको लगेज जाँच गर्दा त्यहा भएका मानिस नै आत्तिने कुरा फेला परेको छ । उक्त सामान एक ब्यक्तिले आफ्नी श्रीमतिका लागि घर लगेको बताएका छन् ।
एक महिला अफिसरले उनको ब्याग खोल्नासाथ आत्तिएर चिच्याइन् । के थियो त चिच्याउनै पर्ने कुरा ब्यागमा ? सबै चकित भए । वास्तवमा उनको ब्यागमा साङ्ला भरिएका थिए ।अफिसरहरुले यसरी ब्यागमा साङला (कक्रोच) भरेर लैजानुको कारण सोध्दा उनीहरु झनै चकित परे । ती व्यक्तिले यी साङ्ला आफ्नी श्रीमतीको लागि लैजाँदै थिए ।
उनका अनुसार उनकी श्रीमतीलाई छालाको रोग थियो । यो समस्यामा प्रयोग गरिने औषधी बनाउनका लागि साङ्लाको उपयोग हुन्थ्यो । यो औषधी अनुहारमा लगाउँदा राहत मिल्ने उनले बताए । उनकी श्रीमतीलाई के रोग छ भन्नेबारे भने उनले बताएनन् ।उनले आफ्नी श्रीमतीलाई यतिसम्म माया गर्ने थाहा पाएर सुरक्षाकर्मीलाई उनीप्रति सहानुभूति भने भयो । तर, सुरक्षाकर्मीले उनलाई साङ्ला लैजाने अनुमति भने दिएनन् ।
June 22, 2018 10:29 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :