गुडिरहेको कारमा मेकअप गर्दा महिलाको आँखाभित्र छिर्यो आइब्रो पेन्सिल
थाइल्याण्डमा एक महिलाले गुडिरहेको कारमा मेकअप गर्दा भयानक दुर्घटनाको सामना गर्नुपरेको छ । मेकअप गरिरहेका बेला उनको आँखामा आइब्रो पेन्सिल छिरेको छ ।अडिटी सेन्ट्रलका अनुसार बैंककमा २० वर्षकी महिला आफ्नो साथीको घर जानका लागि एउटा ट्याक्सीमा सवार थिइन् । तर बाटोमा अत्यधिक ट्राफिक जामका कारण ट्याक्सी बिस्तारै गुडिरहेको थियो ।स्रोतका अनुसार ट्राफिक जाममा टाइम पास गर्नका लागि महिला मेकअप गर्न थालिन् ।
यसैबीच ट्याक्सी पिकअपसँग ठोक्कियो जसका कारण महिला अगाडि हुत्तिइन् जसका कारण उनका हातमा भएको आइब्रो पेन्सिल उनको बायाँ आँखाभित्र छिर्यो । उनलाई तुरुन्त अस्पताल पुर्याइयो ।डाक्टरका अनुसार सौभाग्यवश, उक्त आइब्रो पेन्सिलले उनको आँखाको संवेदनशील अंगलाई खराब नगरेका कारण उनी केही दिनमा नै ठिक हुनेछिन् । डाक्टरले पेन्सिलको आधा भाग नै आँखाभित्र छिरेका कारण आँखाबाट रगत बगेको र नाकबाट पनि थोरै रगत निस्किएको जानकारी दिए । अहिले उनी खतरामुक्त रहेको बताइएको छ ।
June 22, 2018 3:54 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा