Saturday 4th April 2026

आफैलाई गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास पाँच हजार धरौटीमा रिहा

8 years अगाडी

काठमाडौं, असार । आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन् ।जिल्ला अदालत मोरङले श्रीनिवासलाई थुनामा राख्नका लागि दोषी नदेखिएको भन्दै पाँच हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा पाँच हजार धरौटी बुझाएर श्रीनिवास रिहा भइसकेका छन् । श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिनभित्रै उनी छुटेका हुन् । श्रीनिवास जिल्ला प्रशासन कार्यालयको आदेशमा चित नबुझेपछि १७ नम्बर प्रयोग गर्दै जिल्ला अदालत मोरङमा पुनरावेदन गर्न गएका थिए ।

आफैंलाई गोली हान्न लगाएको आरोपमा २४ वैशाखमा पक्राउ परेका थिए । गत २५ चैतमा विराटनगरस्थित शौच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको थियो । घटनालगत्तै प्रहरीले अनुसन्धान थालेपछि श्रीनिवास आफैले धार्मिक दंगा भड्काउने हेतुले आफैमाथि गोली हान्ने योजना बनाएको खुलेको हो ।

          June 23, 2018 9:02 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...