Saturday 4th April 2026

पार्टी सुधार्न कांग्रेसका १० संकल्प (सूचिसहित)

8 years अगाडी

मकवानपुर, ९ असार । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी सञ्चालन तथा निर्वाचनमा आफूबाट गल्ती भएको स्विकारेका छन् । प्रदेश तथा संघको निर्वाचन भएको सात महिनापछि पहिलो पटक सभापति देउवाले निर्वाचन तथा पार्टी सञ्चालन दुवैमा आफूबाट कमजोरी भएको स्वीकार गर्दै अगामी दिनमा पार्टीलाई संगठित पार्न तल्लीन हुने बताए ।केन्द्रीय समिति बैठक तथा जिल्ला सभापति भेलामा निर्वाचन पराजयको जिम्मा सभापति देउवाले लिनुपर्ने विषय पनि उठेपछि देउवाले समापनमा स्पष्टीकरण दिँदै टिकट वितरणदेखि जिल्ला सभापतिको अधिकारसम्ममा आफूले हस्तक्षेप गरेको स्विकारेका हुन् ।

‘संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन सम्पन्न गर्न आफू लाग्दा पार्टीलाई चाहे जस्तो गरी अगाडि बढाउन सकिएन’, सभापति देउवाले भने, ‘मबाट गल्ती भएका छन् ।’ बन्दसत्रमा जिल्ला सभापतिले देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका केन्द्रीय सदस्यको कार्यशैलीप्रति चर्को आलोचना गरेका थिए । उनीहरूले पार्टीको केन्द्रीय तहमा देखिएको गुटबन्दीप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरेका थिए ।समापन समारोहमा वरिष्ठ नेता पौडेलले आफ्नो कुनै गुट नभएको स्पष्टीकरण दिँदै अबदेखि पार्टी सभापतिसहित अन्य पदाधिकारीको आलोचना नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति देउवा र वरिष्ठ नेता पौडेलले आगामी निर्वाचनमा पार्टीलाई बहुमत ल्याउने अभियानका लागि देश दौडाहामा जाने उद्घोष पनि गरेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

पार्टी सुधार्न १० संकल्प
१‍. महासमिति बैठकबाट विधान संशोधन एवम् परिमार्जन ।
२. एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने ।
३. यो वर्षलाई प्रशिक्षण वर्ष बनाइने ।
४. विधान मस्यौदा समितिमा जिल्ला सभापति रहने ।
५. महासमिति बैठकको स्थान र मिति अविलम्ब तोकिने ।
६. दुई वर्षमा जिल्ला सभापतिको भेला ।
७. विधानसम्मत प्रक्रियालाई अक्षरशः कार्यान्वयन गर्ने ।
८. तीनवतै तहमा सरकारको जनविरोधी प्रवृत्तिविरुद्ध कांग्रेस सशक्त बन्ने ।
९. सबै तहको संरचना निर्माण गर्न कार्यविधि बनाउने ।
१०. भातृ संस्थाको अधिवेशन समयमै गर्ने ।

          June 23, 2018 9:08 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...