Monday 22nd December 2025

‘बोल मायाँ’ मा दर्शक रुवाउने अञ्जली तीज गीत ‘मुख चुच्चो पार’ मा यसरी कम्मर मर्काउदै (भिडियो)

8 years अगाडी

काठमाडौं– केही समय अघि मात्रै प्रकाश सपुतको ‘बोल मायाँ’ बोलको गीतमा अभिनय गरेर दर्शकको मन जितेकी मोडल अञ्जली अधिकारीको तीजको गीतमा छमछमी कम्मर भाँचेको भिडियो सार्वजनिक भएको छ । सम्पूर्ण दर्शकलाई भावुक बनाएकी मोडल अञ्जलीले फेरि एकपटक दर्शकलाई रमाईलो प्रदान गरेकी छिन् । गायिका एलिना खनालको तीज गीत ‘मुख चुच्चो पार’ बोलको गीतमा मोडल अञ्जलीसँगै सुजन कोइरालाले पनि कम्मर मर्काएका छन् । उनीहरुसँगै कमेडी कलाकार अर्जुन कुँवरको अभिनय रहेको छ । उक्त गीतमा गायिका एलिनासँगै गणेश अधिकारीको पनि आबाज रहेको छ ।

गणेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । सुत्र इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो । हिन्दु नारीहरुको महान चाड तीजमा नारीहरुले ब्रत बस्ने र नाचगान गर्ने परम्परा रही आएको छ यसै चाडलाइ समेटेर थुप्रै तीज गीत हरु बन्ने गर्दछन ।

          June 23, 2018 10:25 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...