Saturday 4th April 2026

मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

8 years अगाडी

सुरुङ्गा, झापा, ९ असार :  झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेका छन् । शुक्रबार साँझ राईले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

          June 23, 2018 10:46 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...