Saturday 4th April 2026

प्रधानमन्त्री ओली स्वदेश फर्किए, पोखरेलले गरे स्वागत

8 years अगाडी

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । ६ दिने राजकीय भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।चीनको औपचारिक भ्रमणमा निस्किएका ओलीले भ्रमणका उपलब्धीबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनसमेत आयोजना गर्दैछन् प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन फिङ, चिनियाँ समकक्षी ली खछ्याङलगायतसँग भेटवार्ता गरेका थिए । चीन भ्रमणका क्रममा दुई देशबीच १४ बुँदे सम्झौता भएको छ ।

भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, दुई देशबीचको सम्बन्ध मजबुत बनाउने सम्झौता, कार्गो सञ्चालनमा तिब्बतको राजमार्ग प्रयोगसम्बन्धी सम्झौता, रसुवागढीमा पुल निर्माण सहयोग सम्झौता, मितेरीपुल निर्माण सहयोग सम्झौता, ऊर्जा सहकार्य गर्ने विषयमा सहमति, उत्पादनमा लगानी तथा सहकार्य सम्झौता, मानव स्रोत सहकार्यसम्बन्धी सम्झौता, आर्थिक र प्राविधिक सहकार्यसम्बन्धी सम्झौता जस्ता महत्वपुर्ण सम्झाैता भएका छन् ।

          June 24, 2018 11:05 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...