Friday 3rd April 2026

राजविराजमा चट्याङ लागेर एक महिलाको मृत्यु, अर्की घाइते

8 years अगाडी

राजविराज, १० असार : सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ ।  मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । घरदेखि टाढा खेतमा मुगको दाल टिप्न गएको बेला यादवलाई चट्याङ लागेको थियो ।

यस्तै केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी अर्की २५ बर्षीया रिन्कु यादव चट्याङ लागेर घाइते भएकी छिन् । उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।

          June 24, 2018 11:50 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...