ब्राजिलियन प्रशिक्षक भन्छन्- नेयमारलाई आराम आवश्यक छ
एजेन्सी, १० असार । फिफा विश्वकप २०१८ मा सहभागी ब्राजिलियन टिमका प्रशिक्षक टिटेले ब्राजिलियन स्टार नेयमारलाई केही समय आराम चाहिएको बताएका छन् ।‘अहिले नेयमारलाई स्वतन्त्ररुपमा छाड्नुपर्छ,’ पछिल्ला दुई खेलपछि उनले भने, ‘नेयमारजस्तो खेलाडीलाई बढी दबाब पनि दिन मिल्दैन ।’ उनले नेयमारलाई आगामी खेलमा मैदान बाहिरै राख्ने संकेत गर्दै भने, ‘हामी सबैलाई थाहा छ, नेयमार एक म्याच विनर खेलाडी हुन् । सधैँ एकनासको प्रदर्शन खोज्नु हाम्रो गल्ती हो ।’
नेयमारले पनि सबैले जस्तै मानवीय गल्ती गरेको उनको टिप्पणी थियो । पछिल्लो खेलमा उनले पहेंलो कार्ड पाएका थिए । यसबारे उनले भने, ‘मानवीय गल्ती भइहाल्छ । नेमारले नि पछिल्ला दुई खेलमा यस्तै गरेको पाएँ । अब उसलाई केही आराम जरुरी भएको महसुस गरेको छु ।’विश्वकप २०१४ मा डाढमा समस्या देखिएपछि आराम गरेका नेयमारको पछिल्लो समय खुट्टा भाँचिएको थियो । खुट्टामा दुःखाईका बावजुद पनि उनी मैदानमा उत्रिरहेका छन् ।
June 24, 2018 12:53 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :