महाभारतकी ‘ब्रेन विथ ब्युटी’ हुन् यी पात्र, जसको कथा सुनेर तपाई चकित हुनुहुनेछ
दुर्योधनकी श्रीमती हुन् भानुमति । भानुमति काम्बोज नरेश चन्द्रबर्माकी छोरी थिइन् । एकपटकको कुरा हो, राजाले भानुमतिको विवाहका लागि स्वयंवर समारोह आयोजना गरे । स्वयंवरमा शिशुपाल, जरासन्ध, रुक्मी, दुर्योधन, कर्ण आदि भारतवर्षका अनेकौं राजाहरू निमन्त्रित थिए ।भनिन्छ, भानुमति हातमा वरमाला लिएर आफ्ना दासी एवं अंगरक्षकहरूसँग आइन् र एक एक गर्दै राजाहरूलाई नियाल्दै अघि बढ्न थालिन् । दुर्योधन भानुमतिले आफूलाई वरमाला पहिराऊन् भन्ने चाहन्थे तर त्यसो भएन ।
आफ्नो नजिकबाट भानुमति अलिकति अघि मात्र के बढेकी थिइन् दुर्योधनले झम्टदै गएर उक्त माला खोसी आफ्ना घाँटीमा आफैंले लगाए । यस्तो अप्रत्यासित घटना हुनेबित्तिकै त्यहाँ उपस्थित राजाहरूले तरबार निकाले । दुर्योधनले पजि नहडबडाईकन ती सबै राजालाई कर्णसँग लड्न चुनौती दिए । लडाइँ मच्चियो । कर्ण एक्लैले ती सबै राजाहरूलाई पराजित गरिदिए ।
भानुमतिलाई लिएर हस्तिनापुर आइसकेपछि दुर्योधनले यो कार्यलाई के भनेर उचित ठहर्याए भने भीष्म पितामहले पनि आफ्ना सौतेनी भाइ विचित्रवीर्यका लागि काशीनरेशका छोरीहरू अम्बा, अम्बिका र अम्बालिकालाई हरण गरेर ल्याएका थिए । यो तर्क सुनेपछि भानुमति पनि दुर्योधनसँग सहमत भइन् अनि उनीहरूले विवाह गरे ।
दुर्योधन र भानुमतिका दुई सन्तान भए-छोरो लक्ष्मण र छोरी लक्ष्मणा । लक्ष्मण महाभारतको युद्धमा अभिमन्युको हातबाट मारिए भने लक्ष्मणाको विवाह कृष्णको छोरो साम्बसँग भएको थियो । साम्ब र लक्ष्मणाको विवाह हुने क्रममा केही समय साम्ब कौरवहरूको बन्दी भएका भएका थिए भने यादव तथा कौरवहरूका बीच लडाइँसमेत हुन खोजेको थियो । बलरामको प्रयासमा लडाइँ टरेको थियो ।
जब भानुमति र कर्णवीच यस्तो भयो
भनाइ के छ भने भानुमति र कर्णका बीच पनि गहिरो मित्रता बसेको थियो । उनीहरू कृष्ण र द्रौपदीका बीचजस्तै मित्रवत् सम्बन्ध थियो । दुवै असल मित्र थिए र यो कुरा हस्तिनापुरमा लगभग सबैलाई थाहा थियो । एकपटकको कुरा हो- भानुमति र कर्ण बुद्धिचाल खेलिरहेका थिए । खेलमा कर्ण जितिरहेका थिए । त्यतिबेलै भानुमतिले दुर्योधन त्यहाँ आएको देखिन् र उठ्ने कोसिस गरिन् । कर्णलाई दुर्योधन आएको थाहा भएन, उनलाई लाग्यो भानुमति खेलमा हारिरहेका कारण उठेर भाग्न खोजिरहेकी छिन् । कर्णले उनलाई समातेर बसाउन खोजे ।
भानुमति त उठिन् तर उनको मोतीको माला कर्णको हातमा आएर चुडियो । त्यतिबेलासम्म दुर्योधन पनि त्यहीँ आइपुगेका थिए । दुर्योधनलाई देखेर भानुमति र कर्ण दुवैजना डराए । दुर्योधनले गलत शंका गर्ने हुन् कि भन्ने डर थियो दुवैलाई । तर दुर्योधनलाई कर्णमाथि पूर्ण विश्वास थियो । उनले छारिएका मोती उठाउन भने र जे कुरा गर्ने उद्देश्यले त्यहाँ आएका थिए त्यही विषयमा कर्णसँग चर्चा गर्न थाले । दुर्योधनको यही चरम विश्वासका कारण आफूबाट भएको घटनालाई लिएर शंका गरिनबाट कर्ण जोगिए ।
कतिपयले उक्त घटनालाई यसरी पनि वर्णन गर्छन्- दुईजना बुद्धिचाल खेलिरहेका थिए । भानुमति हारिरहेकी थिइन् र कर्ण खुसी भइरहेका थिए । यति नै बेला अचानक दुर्योधन आउन लागेको थाहा भएर भानुमति बसेका ठाउँबाट उठ्न खोजिन् । कर्णले हारेर भाग्न लागेकी हुन् भन्ने ठानेर भानुमतिको पछ्यौराको फेर समातेर बसाउन खोजे ।
अचानक भएको यो घटनामा भानुमतिको पछ्यौरा च्यातियो र त्यहाँ भएको मोती चुँडिएर छरियो । यति नै बेला कर्णले पनि दुर्योधन आइरहेको देखे । कर्ण र भानुमतिको अनुहार लाजले रातो भएको थियो । उनीहरू दुर्योधनले के भन्ने हुन् भनेर डराइरहेका थिए । दुर्योधन नजिक आउँदा पनि दुवैले उनको आँखामा हेर्न सकिरहेका थिएनन् । यत्तिकैमा दुर्योधनले भने मोती छरिरहन दिन्छौ कि म तिमीहरूलाई सहयोग गरौँ मोती उठाउन ?
ब्रेन विथ ब्युटी
भानुमति अत्यन्त सुन्दर, आकर्षक, तीक्ष्ण बुद्धि तथा अत्यन्त बलिष्ठ शरीरयुक्र शक्तिशाली थिइन् । महाभारतको सती पर्वमा गान्धारीले भनेकी छिन्-भानुमति दुर्योधनसँग खेलखेलमा कुस्ती खेल्थिन् जसमा उनी दुर्योधनलाई सजिलै पछारिदिन्थिन् । महाभारतको युद्धपछि भानुमतिलाई पति दुर्योधन तथा छोरो लक्ष्मणको मृत्युको गहिरो धक्का लागेको थियो ।
June 24, 2018 3:16 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :