Sunday 28th December 2025

मिनी ट्रक खसेर आगो लाग्दा एकको मृत्यु, ११ घाइते

8 years अगाडी

बनेपा । मिनी ट्रक खसेर आगो लाग्दा एकको ज्यान गएको छ भने अन्य १० घाइते भएका छन् । सोमबार बिहान काभ्रेको बनेपा- ५ स्थित रबिओपीमा बा ४ ख ३४१२ नम्बरको मिनी ट्रक अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेको हो ।

मृत्यु हुनेमा ट्रक सवार मण्डन देउपुर नगरपालिका-१२ की ४० वर्षीया लालिमाया तामाङ्गको उपचारका क्रममा मृत्यु भएको र अरू १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार देवीटारबाट बनेपातर्फ आउँदै गरेको मिनी ट्रक सडकबाट खसी आगो समेत लागेको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

          June 25, 2018 12:48 pm | Uncategorized,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...