पूर्व युवराज पारस शाह गेरु वस्त्रमा सजिएर यतिबेला पोखरामा के गर्दैछन् ?
पोखरा, असार । पूर्व युवराज पारस शाह गेरु वस्त्रमा सजिएर यतिबेला पोखरामा छन् । गोरखाको गोरखनाथको दर्शनपछि पोखरा पुगेका पूर्व युवराज पारस यतिबेला आफ्ना शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाटमा व्यस्त देखिएका छन् ।पोखराको लेकसाइडमा रेण्टुरेण्ट व्यवसाय गर्दै आएका रेशम गुरुङसँगै पोखरमा रहेका शाहले पोखरा रंगशालमा पुगी खेलाडीहरुसँग आइतबार भेटघाट गरे । भेटघाटमा विभिन्न विधाका ४० खेलाडीहरुको सहभागीता रहेको थियो ।
उक्त भेटघाटमा पारसले खेलकुदमा राजनीति भएको भनेर आरोप लगाएका थिए । साथै उनले आफू खेलाडीहरुको साथमा रहेको पनि भन्न भ्याए ।उनले आफूपनि जनता भएको भन्दै यतिबेला नेपाल कसरी जोगाउन सकिन्छ भन्नेमा चिन्तित रहेको धारणा राखे पारसले यस पटक पोखरामा सामान्य नागरिकहरुसँगको भेटघाट बाक्लो बनाउनुका साथै आफ्ना शुभेच्छुकहरुसँगै खाना खाने र बास बस्ने कामसमेत गरेका छन् । साथै शुभेच्छुकहरुसँगै बसेर उनले विश्वकप फुटबलसमेत हेरेका थिए ।
उनी आइतबार विशेष भेटघाटमा व्यस्त देखिए । उनलाई काँग्रेस नेताहरुले गाेप्यरुपमा भेटेर हिन्दु राज्य र राजसंस्थाले मात्र देशलाई भलो गर्ने भन्दै त्यसबारे सुझाएको स्रोतले बताएको छ । उनी अझै एक दुई दिन पोखरामै बस्ने कार्यक्रम रहेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: