संसदमा आज प्रधानमन्त्रीको बिशेष सम्बोधन: यी हुन् एजेण्डा, यस्तो छ तयारी
काठमाडौँ, १२ असार । असार ३ गते आर्थिक वर्ष २०७५/०७६ को बजेट छलफलका क्रममा विभागीय मन्त्री नभएपछि छलफल प्रभावित बन्यो । सभामुख कृष्णबहादुर महराले तत्काल बैठक स्थगित गरेर मन्त्रीहरुलाई उपस्थितको सूचना दिन सचिवालयलाई निर्देशन दिए। विभागीय मन्त्रीको उपस्थितिपछि बैठक पुनः सुरु भयो । बैठकको सुरुवातमै सभामुखले रुलिङ गर्नुभयो ‘छलफलमा विभागीय मन्त्रीहरु अनिवार्य उपस्थित हुनु ।’तर, सभामुखको रुलिङ त्यसपछिका तीनवटा बैठकभन्दा बढी टिकेन । मन्त्रालयगत शीर्षकको बजेट छलफलमा मन्त्रीहरूको उदासिनता सोमबार पनि देखियो । सोमबार ऊर्जा सिँचाइ तथा जलस्रोत, गृह र परराष्ट्र मन्त्रालयको शीर्षकमा छलफल जारी थियो । छलफल जारी रहँदा गृहमन्त्री रामबहादुर थापा अनुपस्थित हुनु भएपछि बैठक रोकिएको हो ।
विभागीय मन्त्री नभएपछि काँग्रेस सांसद देवप्रसाद तिमिल्सिनाले सभामुखको ध्यानाकर्षण गराएका थिए । सभामुखले अन्य दुई मन्त्री भएकाले छलफल नरोक्न प्रतिपक्ष दललाई आग्रह गरे पनि उनीहरुले बैठक नै अवरुद्ध गरेका थिए । प्रतिपक्षको अवरोधपछि छलफल रोकिएको थियो । गृहमन्त्रीको आगमनसँगै पुनः बैठक सुरु भएको थियो । मन्त्रीको अनुपस्थितिमा बजेट छलफल रोकिएको दोस्रो पटक हो ।प्रतिनिधिसभामा आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेटमाथि छलफल जारी छ । मन्त्रालयगत शीर्षकको छलफल मङ्गलबार पनि जारी रहनेछ । मङ्गलबार प्रधानमन्त्री कार्यालय र मातहतका संवैधानिक निकायको बजेट शीर्षकमा छलफल हुनेछ । यस्तै, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयको बजेट शीर्षकमा पनि छलफल हुनेछ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दैछन् । सोमबार दिउँसो सम्बोधनका समय तय भए पनि अन्तिम समयमा रोकिएको थियो । प्रधानमन्त्री चीन भ्रमणका विषयमा सदनलाई जानकारी दिन लागेका हुन् । प्रधानमन्त्री ओलीले यही असार ५ देखि १० गतेसम्म चीनको भ्रमण गरेका थिए । भ्रमणमा भएका सहमति लगायतका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिनेछन् ।
June 26, 2018 10:44 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: