Friday 3rd April 2026

एसईईको नतिजामा त्रुटि : छानबिन गर्न सरोकारवालाको माग

8 years अगाडी

काठमाडौं । शनिबार सार्वजनिक एसईई परीक्षाको नतिजामा त्रुटी देखिएपछि सरोकारवाला तथा विज्ञहरुले छानबिनको माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा पूर्वसचिव तथा शिक्षाविद् जनार्दन नेपालले विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षाफलजस्तो संवेदनशील विषयमा कसैले खेलवाड गर्न नहुने भन्दै त्रुटी के कारणले भएको हो, त्यसबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए ।  उनले त्रुटीको कारण खोज्नैपर्ने बताउँदै गम्भीर त्रुटी हो भने दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कक्षा १० को नतिजालाई भद्दा बनाइएको भन्दै त्यसको दोषी पहिचान गरी कारबाही गर्नुपर्ने बताए । नतिजा चिन्ताजनक देखिएको बताउँदै उनले जाँचमा आएको नम्बरलाई ग्रेडमा लगेर नतिजा ल्याउने हुँदा तीन वर्ष बिते पनि विद्यार्थीको ग्रेड सुधार नभएकोमा चिन्ता व्यक्त गरे । उच्च माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले एसईईको कुन नतिजालाई आधिकारिक मान्ने भनेर अन्योल बढेको बताउँदै यो नतिजामाथिकै ठूलो खेलबाड भएको बताए । यस विषयमा परीक्षा बोर्ड र जिम्मेवार निकायको छानबिन हुनुपर्ने उनले माग गरे ।

“परीक्षा नियन्त्रण कार्यालय कति गैरजिम्मेवार छ भन्ने यसबाटै अनुमान लगाउन सकिन्छ । नतिजामा यस्तो छ भने कापी जाँच कस्तो भयो होला ? प्रश्न उठाउने थुप्रै ठाउँ छन्,” उनले भने । प्याब्सनका महासचिव राजेन्द्र बानियाँले नतिजा प्रकाशनमा भएको त्रुटी गैरजिम्मेवारपूर्ण रहेको भन्दै यसले नराम्रो परिणाम दिन सक्नेतर्फ ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयका विद्यार्थीको अंक बढाउने नियत देखिएको आरोप उनले लगाए ।

          June 26, 2018 12:28 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...