Tuesday 23rd December 2025

नेयमारले मैदानमा डाइभ हान्दा सबैलाई निशुल्क रक्सी दिइने

7 years अगाडी

काठमाडौँ, १२ असार । विश्वकपमा ब्राजिलका स्टार खेलाडी नेयमार चर्चामा रहेका छन् । उनी राम्रो खेलेरभन्दा पनि मैदानमा लडेका कारण चर्चामारहेका छन् ।विश्वकै सबैभन्दा महँगा खेलाडी उनले दुई खेलमा एकमात्र गोल गरेका छन् । ब्राजिल दुई खेलमध्ये एकमा जित र एकमा बराबरी खेल प्रदर्शन गरेको छ । ग्रुप चरणको अन्तिम खेलमा सर्भियाविरुद्ध कस्तो खेल प्रर्दशन गर्ने हो सबैको चासोको विषय बनेको छ ।

तर, मैदानमा डाइभ गर्ने विषयमा उनी हाँसाको पात्र बनेका छन् ।उनको यही हर्कतलाई मध्यनजर राख्दै रियोमा रहेको एक पबले अचम्म लाग्दो निर्णय गरेको छ ।उत्तरी रियोको सर वाल्टर पबले फेसबुक पेजमा लेखेका अनुसार नेयमार जब मैदानमा लड्छन्, बारमा सबैलाई निशुल्क रक्सी पाउँनेछन् ।

          June 26, 2018 2:50 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...