

तपाईलाई थाहा छ, किन हुनमान बनेका थिए भगवान शिव ?

भगवान शिव भक्तको पूजाबाट छिट्टै प्रसन्न हुने देव मानिन्छन् । भगवान शिव हरेक युगमा आफ्ना भक्तको रक्षाका लागि प्रकट हुने विश्वास पनि गरिन्छ । भगवान शिवले १२ रूद्र अवतार लिएका छन् । शिव महापुराणमा भगवान शिवका अनेक अवतारबारे वर्णन गरिएको पाइन्छ । तर पनि धेरै कम मानिसमात्रै भगवान शिवका यी अवतारबारे जानकार छन् ।
हनुमानको जन्म : शास्त्रमा रामभक्त हनुमानको जन्म दुई तिथिमा भएको भनेर उल्लेख गरेको पाइन्छ । जसमा उनको पहिलो जन्मलाई भगवान शिवको अवतार मानिएको छ । किनकी हनुमानकी माता (आमा) अन्जनीले भगवान शिवको घोर तपस्या गरेर शिवलाई पुत्रको रुपमा प्राप्त गर्ने वर मागेकी थिइन् । त्यसपछि भगवान शिवले पवन देवको रुपमा आफ्नो रौद्र शक्तिको अंश यज्ञ कुण्डमा अर्पित गरेका थिए र त्यतिबेलै उक्त शक्ति अन्जनीको गर्भमा प्रविष्ट भएको थियो । त्यसपछि चैत्र शुक्ल पक्ष पूर्णिमाको दिन हुमानको जन्म भएको थियो ।
पौराणिक कथामा यस्तो वर्णन : पौराणिक कथाका अनुसार रावणको अन्त्यका लागि भगवान विष्णुले राम अवतार लिएका थिए । उक्त समय सबै देवताले भगवान रामलाई सहयोग गर्न अलग–अलग रुपमा अवतार लिएका थिए । सोही समयमा भगवान शंकर (शिव)ले पनि आफ्नो रूद्र अवतार लिएका थिए । यसको पछाडि एउटा कारण छ कि, उनलाई विष्णुबाट दास्यको वरदान प्राप्त भएको थियो । हुनमान शिवका ११ औं रूद्र अवतार हुन् । यस रुपमा भगवान शिवले रामको सेवा पनि गरे भने रावणको वधमा उनको मद्दत पनि गरे ।
June 26, 2018 3:19 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

