बाजुरामा सेनाद्वारा सैनिक पदमार्ग निर्मा
बाजुरा, १३ असार : बाजुराको बडीमालिका नगरपालिका– ८ मा रहेको नेपाली सेनाले सैनिक पदमार्ग निर्माण गरेको छ । बडीमालिका नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण गरिएको समरजीत गुल्मका सेनानी विष्णु सापकोटाले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार नगरपालिकाको रु दुई लाख आर्थिक सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको बताउनुभयो । पदमार्ग निर्माणका लागि नगरपालिकाबाट विनियोजित बजेटबाट रु दुई लाख अपुग भएको उहाँले बताउनुभयो ।
करीब रु पाँच लाखसम्म लाग्ने उक्त मार्गमा नेपाली सेनामा कार्यरत जवानले करीब रु तीन लाखको श्रमदानमा निर्माण गरिएको सेनानी सापकोटाको भनाइ रहेको छ । पदमार्ग मार्तडी—कोल्टी सडकबाट नेपाली सेनाको प्रवेशद्वारसम्म निर्माण गरिएको बताइएको छ । उक्त क्षेत्रमा आवतजावत गर्न स्थानीयलाई असहज हुन थालेपछि नेपाली सेनाको आग्रहमा नगरपालिकाले रु दुई लाख रकम निर्माण कार्यमा सहयोग गरेको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनुभएको छ । उहाँले नगरपालिकाको विकासमा कुनै बाधा आउन नहुने बताउनुभयो । सैनिक पदमार्ग निर्माण गरेपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको नगर प्रमुख बडुवालको भनाइ रहेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: