म्याग्दीमा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले दिए रु दशहजार
म्याग्दी । बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन्।मंगलबार विद्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा अंग्रेजी विषयका शिक्षक भरत थापा, विज्ञानका प्रकाश सुवेदी र गणित विषयका शिवराम पौडेलले ३.७० जिपिए ल्याउने विद्यार्थी अमृत आचार्य, अश्नवी शर्मा र आशिका आचार्य प्रत्येकलाई नगद रु १० हजारसहित सम्मान गरेका हुन्।
अभिभावककै उपस्थितिमा शिक्षकले प्रतिविद्यार्थी रु १० हजार र प्रमाणपत्रले सम्मान गरेका थिए। विद्यार्थीले जिल्लामै उत्कृष्ट नतिजा ल्याएर शिक्षक र विद्यालयको शिर उच्च बनाएको भन्दै शिक्षकले नगद पुरस्कारको शुरुवात गरेका हुन्। तीनवटै विषयमा विद्यार्थीले अपेक्षा गरे अनुसारको जिपीए ल्याएका छन्।
विद्यालयमा आयोजित सम्मान कार्यक्रममा शिक्षा विकास समन्वय एकाइका प्रमुख दलबहादुर थापा, सल्लाहकार यामबहादुर शाक्य र शिक्षकले विद्यार्थी र अभिभावकलाई पुरस्कार हस्तान्तरण गरेका थिए।
June 27, 2018 1:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना