‘मानव जीवन एकपटकका लागि हो, तर परीक्षा जीवनमा धेरैपटक आउँछन् । परीक्षाको एउटा असफलताले अर्को सफलता दिलाउँछ’– यो सत्य जान्दाजान्दै पनि परीक्षाफल विग्रिएकै आधारमा कतिपय विद्यार्थी सही निर्णय गर्न नसक्दा जीवन त्याग्न पुग्छन् ।झापामा एसईईको नतिजाले आवेशमा आएर केही विद्यार्थीले आफ्नो जीवन त्यागेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएसँगै झापाका तीन विद्यार्थीले आत्महत्या गरेका छन् भने एक जनाले आत्महत्याको प्रयास गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयको त्रुटीका कारण विद्यार्थीले आत्महत्या गरेको बताइन्छ । आफूले अनुमान गरेको नतिजा प्राप्त गर्न नसकेपछि दुई छात्रासहित तीन विद्यार्थीले आत्महत्या गरेका हुन् भने एक छात्राले आत्महत्याको प्रयास गरेकी छिन् । उनको अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।बिर्तामोड, शिवसताक्षी, बुद्धशान्ति गाउँपालिकामा रहेका तीन विद्यार्थीले नतिजा कम आएकै कारण आत्महत्या गरेको हुनसक्ने बताइन्छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजामा प्राताङ्क कम आएपछि उनीहरुले आत्महत्या गरेको हुनसक्ने अभिभावकको भनाइ छ ।बुधबारेका एक विद्यार्थीको नतिजा शुरुमा १.५ जीपीए आएको थियो । त्यो लगत्तै उनले आत्महत्या गरे तर त्यसको भोलिपल्ट उक्त नतिजा हेर्दा ३.५ जीपीए पाइएको थियो । पर्यटकीय क्षेत्र भेडेटार घुम्न गएका दुई छात्राले भेडेटारमै संगै विष सेवन गरेका थिए । विष सेवन गरेका मध्ये एकको मृत्यु भएको छ ।

एसइइमा सि प्लस आएपछि धादिङको मैदीमा किशोरीद्वारा आत्महत्या ! : धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका – ३ मैदीमा एसइइ परिक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।मैदीको उखुबारी घर भएकी श्री शमि भञ्ज्याङ उमाविबाट यस वर्ष एसईई परिक्षा दिएकी रश्मी विकले झुण्डिएर आत्महत्या गरेकी हुन् ।मैदी प्रहरी चौकीका प्रमुख दीपक दुलालका अनुसार एसईईमा सि प्लस नतिजा आएपछि रश्मीले आत्महत्या गरेकी हुन् ।प्रहरीका अनुसार उनको शवलाई जिल्ला अस्पताल धादिङमा पोस्टमार्टम गरिएको थियो ।

तीन वर्षमा झापामा २३० ले गरे आत्महत्या : झापामा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको पछिल्लो तीन वर्षे तथ्यांक अनुसार प्रत्येक वर्ष झण्डै दुई सयको हाराहारीमा झुण्डिएर आत्महत्या गर्ने गरेको उल्लेख छ ।विष सेवन गरेर आत्महत्या गर्नेको संख्या दोस्रोमा आउँछ । त्यस्तै आफ्नो शरीरमा आगो लगाए र हामफालेर आत्महत्या गर्नेको संख्या पनि झापामा निकै छ ।

 

आत्महत्या न्यूनीकरण सम्बन्धी प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आत्महत्या गर्नेको दर प्रत्येक वर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ । झुण्डिएर आत्महत्या गर्नेको संख्या आर्थिक वर्ष २०७१÷०७२मा एक सय ८३ रहेकोमा २०७२÷०७३ मा यो संख्या बढेर एक सय ९३ पुगेको थियो भने ०७३÷०७४मा एक सय ९७ र आर्थिक वर्ष ०७४÷०७५को जेठसम्मको तथ्यांकमा एक सय ९६ जनाले आत्महत्या गरिसकेका छन् ।त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा २२ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् भने ०७३÷०७४मा ३१ जनाले विष सेवन गरेर आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७४÷०७५मा एसिड सेवन गरेर पनि आत्महत्या गर्ने पनि रहेका छन् । औजारबाट अघिल्लो आर्थिक वर्षमा एकजनाले आत्महत्या गरेका थिए भने चालूआर्थिक वर्षमा आफ्नो शरीरमा आफैं आगो लगाएर दुई जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।आर्थिक वर्ष ०७४÷०७५मा १६ वर्षमुनिका १५ जनाले आत्महत्या गरेका छन् । १६–२५ वर्ष समूहका ५९, २६–३५ वर्ष उमेर समूहका ४९, ३६–४५ उमेर समूहका २६, ६० वर्षसम्मका ४८, ६० वर्षमाथिका ३१ र वर्ष खुल्न नसकेका दुई जना गरी दुई सय ३० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।