Monday 22nd December 2025

प्रियंकासँग मात्र हैन दीपिकामाथि पनि छ निक जोनसको नजर

7 years अगाडी

पछिल्लो सयम बलिउड अभिनेत्री पियंका चोपडा र अमेरिकी नायक निक जोनसको प्रेम सम्बन्धले खुबै चर्चा पाएको छ। निक अमेरिकाबाट प्रियंकाकी आमालाई भेट्न भनेर प्रियंकासँग भारत समेत आए। मुंबई सडकमा एक अर्काका हात समातेर डिनरमा पुगेको तस्वीरले पनि निकै चार्चा पाएको थियो। प्रियंकाभन्दा १० वर्षले कान्छा निक प्रियंकाको प्रेममा फिदा बनेका छन्। तर आश्चर्यमा पार्ने कुरा के छ भने निकको नजर भारतीय अभिनेत्री दीपिका पादुकोणमाथि छ।

निकले आफ्नो इंस्टाग्राममा प्रियंकालाई मात्र हैन दीपिकालाई पनि फलो गरेका छन्। दीपिका पनि बलिउड क्षेत्रकी निकै चर्चित अभिनेत्री हुन्। २०१७ को फोब्र्स सूचीका अनुसार प्रियंका बलिउड क्षेत्रमा सबै भन्दा बढी कमाई गर्ने अभिनेत्री हुन भने दीपिका दोस्रो हुन्। निकले दीपिकालाई इंस्टाग्रमामा फलो गर्ने कारण जुन कुनै होस् तर सामाजिक सञ्जालमा यो विषयले निकै चर्चा पाएको छ। एजेन्सी

          June 28, 2018 11:39 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...