Friday 3rd April 2026

पूर्वी भारतमा बारुदी सुरुङ विस्फोट, छ प्रहरीको मृत्यु

8 years अगाडी

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारी साधन बारुदी सुरुङ्ग विस्फोटमा परेको छ।विस्फोटमा परी छ प्रहरीको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ।यस क्षेत्रमा वामपन्थी विद्रोहीहरु सक्रिय रहेकाले उनीहरुले नै वारुदी सुरुङ्ग विस्फोट गराएको हुनसक्ने प्रहरी अधिकारीहरुले अनुमान गरेका छन्।

आक्रमणमा परी झारखण्ड जागुर बलका छ प्रहरी मारिनुका साथै अन्य चार जना घाइते भएको जनाइएको छ।एक भ्रमणको क्रममा यात्रामा रहेका ती प्रहरी अधिकारीहरु आक्रमणमा परेको प्रहरी अधिकारीहरुले बताएका छन्। घाइतेहरुलाई तत्काल अस्पताल लगिएको बताइएको छ।एक जना वरिष्ठ प्रहरी अधिकारी विपुल सुक्लाले गर्वा जिल्लाको चिन्जो क्षेत्रमा वामपन्थी विद्रोहीहरुको उपस्थिति रहेको जानकारी दिएका छन्।

          June 28, 2018 11:51 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...