लिभरपुल स्टार सलाहले २६ वर्षको उमेरमै सन्यास लिने, विश्वकपमा हार होइन यस्तो छ कारण
इङलिस क्लव लिभरपुलका स्टार खेलाडी तथा इजिप्टको राष्ट्रिय टिमका अत्यन्तै महत्वपूर्ण सदस्य मोहम्मद सलाहले २६ वर्षको उमेरमै सन्यास लिने बताएका छन् । उनले इजिप्टको आफ्नो टिमका साथीहरु र इजिप्ट फुटबल बोर्डका अधिकारीहरुसँग आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने विषयमा रहेको बताएका छन् ।
सलाह चेचेन्याले आफूलाई राजनीतिक प्रतीकको रुपमा प्रयोग गरेको भन्दै रिसाएका छन् । विश्वकपको क्रममा इजिप्टको बेस क्याम्प चेचेन्यामा थियो । त्यतिबेला चेचेन्याका प्रमुख रमजान कादिरोवले आफूलाई राजनीतिक अस्त्रको रुपमा प्रयोग गरेको उनको ठहर छ । चेचेन्या रुसकै एक रिपब्लिक हो जसले रुससँग छुट्टिन चाहिरहेको छ । यस क्रममा भएका विद्रोहमा चेचेन्याका प्रमुख रमजान कादिरोवमाथि मानव अधिकार उल्लंघनको धेरै आरोप लागेका छन् ।
इजिप्ट फुटबल महासंघका प्रवक्ता ओसामा इस्माइलले भने सलाहले यस विषयमा महासंघसँग कुनै गुनासो नगरेको बताएका छन् । उनले भने ‘सलाह आफ्नो ट्वीटरमा जे लेख्छन् त्यसलाई नै सही मान्नुपर्छ । सलाह टिमसँग खुसी छन् र ट्रेनिङ गरिरहेका छन् ।’ सलाहका नजिकका दुई व्यक्तिले उनी रमजान कादिरोवको व्यवहारबाट रिसाएको बताएका थिए । रमजानले इजिप्टको टिमका लागि डिनर आयोजना गरेका थिए जहाँ सलाहलाई मानार्थ नागरिकता दिइएको थियो ।
चेचेन्याका प्रमुख कादिरोवमाथि धेरै आरोप लागेका कारण उनी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवी सुधार्ने प्रयासमा रहेको मिडिया रिपोर्टमा दावी गरिएको छ । यही कारण उनले इजिप्टको फुटबल टिमलाई डिनरमा आमन्त्रण गरेको रिपोर्टमा दावी गरिएको छ । डिनरपछि कादिरोवसँग सलाहको फोटो सार्वजनिक भएको थियो जुन फोटोको निकै आलोचना भयो । यसलगत्तै सलाहले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन लागेको खबर आएको थियो । एजेन्सी
June 28, 2018 2:25 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :