ट्याक्टर र मोटरसाइकल जुध्दा एकको मृत्यु
8 years अगाडी
Susma Dhakal
दमक, १५ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ बस्ने २५ वर्षीय साङ्गदेन राई रहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको मे१त २७९२ को ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको मे१०प नम्बरको मोटरसाइकल राति ८ः३० बजे एकआपसमा जुध्दा गंभीर घाइते भएका राईको उपचारका क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट केर्खाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर बुढाथोकीले जानकारी दिए । दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई अनुसन्धानका लागि प्रहरी चौकीमा राखिएको छ ।
June 29, 2018 12:12 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...