एउटै स्कुलका ७ विद्यार्थीले ल्याए ४ जीपीए
पोखरा – गत शनिबार एसईईको परिणाम सार्वजनिक हुँदा सुरुमा ३.९५ जीपीए देखियो सफल सुवेदीको । पोखरा लेखनाथ २९ का उनी र अभिभावकको खुसीको सीमै थिएन ।
पोखराको मदरल्यान्ड माविबाट एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी । उक्त विद्यालयबाट ७ जनाले ४ जीपीए ल्याएका छन् । साँझपख विद्यालयबाट बाबु बद्रीनाथलाई फोन आयो, ‘सफलको ४ जीपीए आएको रहेछ है ।’ साथीसँग फुटबल खेल्दै गर्दा उनलाई पनि खबर पुग्यो ।
मालेपाटनकी झरना पौडेलले पनि ४ जीपीए ल्याइन् । मिहिनेतअनुसारको फल पाएको भन्दै उनी दंग छिन् । आजकोकान्तिपुरमा समाचार छापिएको छ ।
सुवेदी र पौडेल मात्र होइन, यहाँको मासबारस्थित मदरल्यान्ड माविबाट यसपटकको एसईईमा ७ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासबारकी कृति बराल, कास्की धितालका प्रयास पौडेल, बिरौटाकी वर्षा बराल, सिरहा विष्णुपुरका रञ्जन यादव र पामेका राजेश अधिकारीले पनि ४ जीपीए ल्याए ।
June 30, 2018 11:45 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण