एउटै स्कुलका ७ विद्यार्थीले ल्याए ४ जीपीए
पोखरा – गत शनिबार एसईईको परिणाम सार्वजनिक हुँदा सुरुमा ३.९५ जीपीए देखियो सफल सुवेदीको । पोखरा लेखनाथ २९ का उनी र अभिभावकको खुसीको सीमै थिएन ।
पोखराको मदरल्यान्ड माविबाट एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी । उक्त विद्यालयबाट ७ जनाले ४ जीपीए ल्याएका छन् । साँझपख विद्यालयबाट बाबु बद्रीनाथलाई फोन आयो, ‘सफलको ४ जीपीए आएको रहेछ है ।’ साथीसँग फुटबल खेल्दै गर्दा उनलाई पनि खबर पुग्यो ।
मालेपाटनकी झरना पौडेलले पनि ४ जीपीए ल्याइन् । मिहिनेतअनुसारको फल पाएको भन्दै उनी दंग छिन् । आजकोकान्तिपुरमा समाचार छापिएको छ ।
सुवेदी र पौडेल मात्र होइन, यहाँको मासबारस्थित मदरल्यान्ड माविबाट यसपटकको एसईईमा ७ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासबारकी कृति बराल, कास्की धितालका प्रयास पौडेल, बिरौटाकी वर्षा बराल, सिरहा विष्णुपुरका रञ्जन यादव र पामेका राजेश अधिकारीले पनि ४ जीपीए ल्याए ।
June 30, 2018 11:45 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने