प्री क्वार्टर फाइनल आजबाट : मेस्सी भर्सेज ग्रिजम्यान, रोनाल्डो भर्सेज सुआरेज
काठमाडौँ । रुसमा जारी विश्वकप फुटलब प्रतियोगितामा आज प्री क्वार्टर फाइनलका खेल हुँदैछन्।प्री क्वार्टर फाइनलको पहिलो दिन आज २ खेलमा ४ टोली भिड्दैछन्। बेलुकी पौने ८ बजेदेखि सुरु हुने पहिलो खेलमा लियोनल मेस्सीको अर्जेन्टीना र एंटोनिया ग्रिजम्यानको फ्रान्स आमने सामने हुँदैछन्। त्यस्तै पौने १२ बजे हुने अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल र लुइस सुआरेजको टिम उरुग्वे भिड्दैछन्।
यी चार टिममध्ये फ्रान्सका ग्रीजम्यानले यो विश्वकपमा कुनै पनि गोल गरेका छैनन्। सन् २०१६ को यूरो कपमा उनले सबैभन्दा बढी ६ गोल गरेका थिए। ग्रीजम्यान नकआउट चरणको खेलमा आफ्नो लयमा फर्किउन भन्ने फ्रान्सको अपेक्षा छ।दुई पटक च्याम्पियन बनेको अर्जेन्टीनाले १० औँ पटक र फ्रान्सले ८ औँ पटक क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएका छन्।
त्यस्तै स्पेनको फुटबल लिग ला लिगामा खेल्ने दुई सबै भन्दा ठूला प्रतिस्पर्धी रोनाल्डो र सुआरेज अन्तर्राष्ट्रिय म्याचमा पहिलो पटक आमने सामने हुन लागेका हुन्। ला लिगामा उरुग्वेका सुआरेज बार्सिलोना र पोर्चुगलका रोनाल्डो रियल मेड्रिडबाट खेल्दै आएका छन्। दुबैले यो विश्वकपमा शानदार प्रदर्शन गर्ने छन्।यो विश्वकपमा रोनाल्डोले ३ म्याचमा ४ गोल र सुआरेजले ३ म्याचमा २ गोल गरेका छन्। पोर्चुल र उरुग्वे अहिलेसम्म २ खेल खेलेका छन्। जसमध्ये एक खेल पोर्चुगलले जितेको छ भने एक खेल बराबरी खेलेका थिए। त्यसपछि सन् १९७२ पछि दुई टिम अहिलेसम्म आमने सामने भएका थिएनन्।
June 30, 2018 11:51 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना