Friday 3rd April 2026

बुद्ध एयरले सुरु गर्यो वाराणसी-काठमाडौँ उडान, सातामा २ दिन उडान भर्ने

8 years अगाडी

काठमाडौँ । बुद्ध एयरले शुक्रबारबाट काठमाडौँ वाराणसी उडान सूरु गरेको छ। हालका सातामा सोमबार र शुक्रबार उडान भर्ने कार्यतालिका रहेको बुध्द एयरका प्रवन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेतले जानकारी दिए। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बुध्द एयरलाई  वाराणसी उडान सुरु गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे। उनले क्षेत्रीय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले नेपालको पर्यटनलाई बढावा दिने बिश्वास पनि व्यक्त गरे।मन्त्री अधिकारीले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारीलाई उडान कनेक्टिभिटीले थप बल पुग्नेपनि विश्वास गरे। मन्त्री अधिकारी तथा बुध्द एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले वाराणसी उडानका सम्पूर्ण यात्रुहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वागत तथा विदाई गरे।काठमाडौं वाराणसी सातामा दुई उडान सुरु भएसंगै पर्यटकीय तथा धार्मिक यात्रामा जाने तीर्थालुहरुलाई उनीहरूले विदाई गरेका हुन्। नेपालबाट वाराणसी यात्रामा गएका यात्रुहरुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ।

प्राचीन शहर र सभ्यतासंग जोडिएका शहरहरू हुन् काठमाडौं र वाराणसी। धार्मिक आस्थाका हिसाबले पनि काठमाडौं र वाराणसीको स्थान निकै उच्च रहेको छ। यी दुवै शहर युनेस्को हेरिटेजले सम्मानित तथा संरक्षित संरचनाहरूले भरिएका छन्।दुवै शहरलाई बुध्द एयरको उडानले सिधा सम्बन्ध स्थापित गरेको छ । उसले यी दुवै शहरका लागि विभिन्न धार्मिक तथा पर्यटकीय होलिडे प्याकेजहरु पनि सञ्चालनमा ल्याएको छ। वाराणसीको लागि क्लासिक काशी, बुध्द ट्रेल जसमा सारनाथ, बोधगया तथा वरपरका अयोध्या, ईलाहावाद, प्रयाग स्नान इत्यादि रहेका छन्।

यी प्याकेजहरू ३ रात ४ दिन तथा ४ रात ५ दिनका हुनेछन् भने आवश्यकता अनुसार यसलाई बढाउन पनि सकिन्छ। यसै गरि भारतीय तिर्थालु तथा यात्रुहरुको लागि विभिन्न धार्मिक तथा होलिडे प्याकेजहरु पनि रहेको कम्पनीले जनाएको छ।जसमा पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर दर्शन रहेको छ। युवा वर्गलाई लक्षित गरि हिमालयज ट्रेल, ट्रेकिङ, जंगल सफारी इत्यादि पनि संचालनमा ल्याएको कम्पनीले जनाएको छ। यस उडानबाट तेस्रो मुलुकका पर्यटकहरूलाई पनि नेपाल भित्र्याउन सकिने र  सन् २०२० लाई सरकारको भ्रमण वर्ष मनाउने तयारीलाई थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ।काठमाडौँ वाराणसी काठमाण्डौंको उडान अवधि जम्माजम्मी ५० मिनेटको हुनेछ। बुध्द एयरले अहिले प्रवर्धनात्मक दोहोरो भाडा दर नेपालबाट वाराणसी  टिकट रू. १४००० र क्लासिक काशी दर्शनको होलिडे प्याकेज शुल्क २५००० तोकेको छ।

          June 30, 2018 12:14 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...