ऋषि धमलाकी पत्नी एलिजाको बाईक दुर्घट्ना, ग्रान्डी अस्पतालमा उपचार हुँदै
काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी तथा आगामी साउन २५ गते प्रदर्शनीमा आउन लागेको नेपाली कथानक चलचित्र ‘अनुराग’की नायिका एलिजा गौतम बाईक दुर्घट्नामा परेकी छिन्। काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जानेक्रममा भएको अपरान्ह ४ बजे बा ९२ प ९०७२ नम्बरको बाईक दुर्घटनामा परि घाईते भएकी गौतमलाई उपचारका लागि धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा लगिएको आफन्तले जानकारी दिएका छन्।
सुजन आचार्यले चलाएको उक्तबाईकमा नायिका गौतम पनि सवार थिईन्। आचार्यले पोष्ट गरेको फेसबुकमा भनिएको छ,‘ठूलो दुर्घटनाबाट बाँच्न सफल भयौं हामी (म र एलिजा दि) लाजिम्पाट घर जाने क्रममा दुर्घटना भयो, बाईक मैले चलाएको थिएँ।

बाटो काट्न लागेको गाईलाई जोगाउन खोज्दा बाईकको ब्रेकले काम गरेन र बाईक ईस्पिडमा थियो, इस्पिड कन्ट्रोल गर्न सकिन र दुर्घटना हुनपुग्यो दिदीको अवस्था गम्भिर छ र मैले हस्पिटल लिएर आएको छु, धन्नबाँच्न सफल भयौं । नयाँ जिन्दगी पायौं आज।’ उनले लेखेका छन्।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना