डा. केसीले भने – जनताका लागि काम गर्न हैन, लुट्न आएको जस्तो लागेको छ’
प्रा.डा. गोविन्द केसीले आफ्नो माग पूरा नभएसम्म आमरण अनशन जारी रहने बताएका छन् । जुम्ला प्रहरीको हिरासतमा रहेका केसीले सरकारले जनहितकारी अभियान तुहाउन अनशनस्थललाई निषेधित क्षेत्र घोषणा गरेको बताए । उनले हिरासतमै अनशन सुरु गरिसकेका छन् ।
मन्त्रिपरिषद्ले चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक मेडिकल माफिया र भ्रष्ट नेतालाई फाइदा हुने गरी परिमार्जन गरिए स्वीकार्य नहुने बताएका छन् । दुई तिहाइको समर्थन प्राप्त सरकारले जे पनि गर्न सक्छ भन्ने दम्भ राखेर विधेयक परिमार्जन गर्न लागेको उनको दाबी छ । ‘चिकित्सा शिक्षा विधेयकबारे सत्तारूढ नेताहरूको प्रतिक्रिया हेर्दा उहाँहरू जनताका लागि काम गर्न हैन, लुट्न आएको जस्तो लागेको छ,’ केसीले भने ।
पुँजीवादी मुलुकमा समेत शिक्षा र स्वास्थ्यलाई व्यवसायीकरण नगरिएको जनाउँदै उनले भने, ‘हाम्रो मुलुकका समाजवादी भनिने नेताहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई चरम पुँजीवादी बनाएका छन् ।’ चीनमा शिक्षा र स्वास्थ्य नि:शुल्क रहेको औंल्याउँदै उनले भने, ‘हाम्रा नेताहरू साम्यवादी, समाजवादी होइनन् क्रोनिक क्यापिटालिस्ट हुन् ।’, यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।
July 1, 2018 10:59 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण