२० बर्ष पुराना गाडी होईन पहिले ७० वर्षे अन्डर एसएलसी नेताहरु हटाउ !
हाम्रो देशमा नेता हुन कुनै पढाई चाइदैन र कानुनमा पनि नेता हुन कुनै पढाई तोकिएको छैन। यो हाम्रो कानुनको सबैभन्दा ठुलो कम्जोरी हो। बिस्वमा बिकासित देशहरुमा प्रधानमन्त्री हुन सर्बप्रथम उचित पढाई हुनपर्छ। हरेक बिकासित देशहरुमा हेर्नुस, त्यहाका प्रधानमन्त्रीले कम्तिमा ब्याच्लर पास गरेक नै हुन्छन। कतिपय बिकासित देशहरुमा त मास्टर नै पास गरेका हुन्छन। तर हाम्रो देशले बर्सौ देखि एसएलसि पास नगरेका प्रधानमन्त्री पाइरहेका छौ।यहाँ बरु ड्राइभर हुन १० कक्षा पास हुनपर्ने नियम बनेको छ तर नेता हुन कुनै पढाई तोकियेको छैन। आखिर किन ? सरकारी पाले हुनलाइ ८ कक्षा पास गर्नै पर्छ तर नेता बन्न तेति नि चाइदैन। किन राज्नीतिक उच्छ पदमा पुग्न शैक्षिक योग्यता नचाइएको नेपालमा ?
यदि रास्ट्र हाक्ने नेताकै शिक्षा छैन भने त्यो देशमा के बिकास होला? जनताले कस्तो बिकासको आशा गर्ने ? के क्षमता हुन्छ तेस्तो नेतामा ?बास्तबमा मूर्ख त जनता पनि हुन । अलि बुझेर अनि योग्य नेतालाइ ठाँउमा पुराउन कहिलै नि खोज्दैनन। आफ्नो भोटको महत्वो नबुजेपछी येस्तै हो ।त्यसले देश बिकास गर्न सबैभन्दा पहिला देशमा यो कानुन बन्न पर्छ कि नेता बन्न पनि शैक्षिक योग्यता हुनपर्छ। कम्तिमा ब्याच्लर पास भयेको मान्छे मात्र पार्टीमा केन्दृय सदस्य हुन पाउने बाताबरन हरेक राज्नीतिक पार्टीले गर्न पर्छ। देशलाइ सम्बृदी तर्फ धकेल्न सबैभन्दा आबस्यक पुर्बाधार योग्य नेता हो ।
उखान टुक्का र मजाकले देश चल्दैनः बाबुराम
पूर्वप्रधानमन्त्री एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराइले उखान टुक्का र मजाकले देश नचल्ने बताएका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले वाम गठवन्धनको सरकार नीति तथा कार्यक्रम छनौटमा चुकेको बताए ।‘आकाशतिर हेरेर जमिनमा टेक्नुपर्ने हो तर उहाँले आकाश मात्र हेर्नुभयो, जमिनमा टेक्नुभएन,’ प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भट्टराइले भने, ‘पानी जहाज र रेलको ठूला कुरा गरिरहनुभएको छ तर अहिलेको आवश्यकता सडकमा भने कुनै चासो दिनुभएको छैन ।’सबै स्थानीय तह र वडाको केन्द्रसम्म कम्तिमा बाह्रै महिना सवारी चल्ने सडक हुनुपर्ने उनले बताए । अहिलेको सरकारमा अहं बढेको आरोप लगाउदै उनले विकास र समृद्धिबारे सरकारलाई ज्ञान नभएको बताए ।
कमिसनखोरी र भष्टाचार अन्त्यका लागि पनि सरकारले पहल नगरेको उनको आरोप छ । ठेकेदारी प्रथामा देखिएको विकृति बिसंगतिलाई सरकारले प्रश्रय दिइरहेको भन्दै उनले यसको अन्त्यमा जोड दिए । ‘लागतभन्दा आधा रकम कममा काम गर्ने ठेक्का दिएपछि कहिल्यै काम राम्रो हुँदैन । त्यही प्रवृति अहिलेको सरकारले पनि पछ्याइरहेको छ,’ उनले भने ।प्रधानमन्त्रीको चीन भ्रमण व्यावहारिक नभएको भट्टराईको टिप्पणी छ । ‘भारतसँग मात्र निर्भर हुनुभन्दा चीनसँग पनि सम्बन्ध सुधार गर्नु आवश्यक छ, प्रधानमन्त्रीको भ्रमण नीतिगत रुपमा राम्रो भएपनि व्यवहारमा ठोस परिवर्तन छैन,’ उनले भने । राष्ट्रिय गौरवको बूढीगण्डकी जलबिद्युत आयोजना अहिलेसम्म कुन मोडेलमा बन्ने यकीन नगर्दा समस्या भएको उनले बताए ।
भट्टराईले बजेटले गोरखालाई उपेक्षा गरेको आरोप लगाए । ‘गोरखा जिल्लामा पाँच वटा राष्ट्रिय योजनाको परिकल्पना गरेर रकम विनियोजन गर्न पेश गरेपनि सरकारले बजेटमा नसमेटेको उनको भनाइ छ ।आफ्नो चुनावी क्षेत्रवाहेक अरु क्षेत्रलाई सरकारले ध्यान नदिएको उनको आरोप छ । अहिलेको बजेटमा कुनै नयाँपन नभएको भन्दै उनले यसले जनताले अपेक्षा गरेको आर्थिक वृद्धिदर र समृद्धि पूरा नहुने बताए । अज्ञानताका कारण पनि बजेटमा नयाँपन आउन नसकेको उनको भनाइ छ । ‘हामीले ऐना देखाउने हो तर सरकारको आँखा छैन, आँखा नहुनेलाई ऐना देखाएर के गर्नू ?’, बजेटप्रति लक्ष्य गर्दै उनले भने ।
July 1, 2018 11:30 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना