आज देशभर भारी वर्षा हुने मौसम विभागको अनुमान, सचेत रहन सुझाव
काठमाडाैँ। जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले बाढीको खतराबाट सचेत हुन आग्रह गरेको छ । मनसुन सक्रिय भएकाले देशभर पानी पर्ने हुँदा चुरे तथा महाभारत श्रंखलाका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको हो । शाखाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै सम्भव भए बासस्थान सर्न समेत आग्रह गरेको छ । शाखाका अनुसार गोरखा, धादिङ, लमजुङ तथा कास्कीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने जोखिम छ ।
विशेष गरी बागमती र नारायणी नदीको तटीय क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने देखिएको छ । यस्तै कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीसहितका सबै मुख्य नदीमा पानीको बहाव बढ्दै गएको छ । मौसमविद्का अनुसार गत वर्ष (मनसुन) को तुलनमा यो वर्ष मनसुनको अवधि लामो हुने तथा औसत केही वढी पानी पर्ने छ । गत मनसुनमा १ हजार ३९१ मिलिलिटर पानी परेको थियो भने यो वर्ष १५ सय मिलिलिटर पानी पर्ने अनुमान छ ।
July 1, 2018 11:49 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना