Friday 3rd April 2026

८ तला माथिबाट हाम्फालेर छात्राले गरिन् आत्महत्या, क्यामेरामा रेकर्ड भयो पूरै घटना

8 years अगाडी

एजेन्सी। १४ वर्षकी एक छात्राले बिल्डिङको ८ तला माथिबाट हाम्फालेर आत्महत्या गरेको लाइभ भिडियो फुटेज सार्वजनिक भएको छ । हिजो बिहीबार दिउँसो मुम्बइको कान्दीवलीको ठाकुर्ली भिलेजमा रहेको अर्किड बिल्डिङको ८ औं तल्लाबाट ती छात्राले हाम्फालेर आत्महत्या गरेकी हुन् । बिल्डिङको त्यो तल्ला खाली भएको बताइएको छ ।

यो घटनाको लाइभ भिडियो शुक्रबार सार्वजनिक भएको हो । भिडियोमा ती बालिका तल खसिरहेकी देखिएकी छिन् । यद्यपि ती बालिकाले किन आत्महत्या गरेकी हुन् भन्ने खुल्न नसकेको भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ । समता नगर पुलिस स्टेशनबाट प्राप्त जानकारी अनुसार घटना बिहीबार साँझ ५ बजेतिर भएको हो ।

ती बालिकाले झ्यालबाट बाहिर निस्केर हाम्फालेपछि उनलाई सरकारी अस्पताल पुर्याइएको थियो । जहाँ डाक्टरले उनलाई मृत घोषित गरेका हुन् । त्यो फ्ल्याट केही वर्षदेखि खाली रहेको बताइएको छ । आत्महत्याअघि ती बालिकालाई झ्यालमा देखेपछि स्थानीयले तलबाट चिच्याएर रोक्ने प्रयास पनि गरेका थिए तर उनले सुनेको नसुन्यै गरी हाम्फालिन् ।

          July 1, 2018 12:01 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...